काठमाडौं । यूईएफए नेसन्स लिगको फाइनलमा आज साविक विजेता स्पेनसामु पोर्चुगलले चुनौती प्रस्तुत गर्दै छ । यस खेललाइ रोचक खेलका रुपमा लिइएकाे छ ।
पोर्चुगल सन् २०१९ को नेसन्स लिग च्याम्पियन टोली हो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सेमिफाइनलमा बलियो टोली जर्मनीविरुद्ध २–१ को जित निकालेको थियो ।
प्रतियोगिताको साविक विजेता स्पेनले सन् २०२३ मा उपाधि जितेको थियो । स्पेनले त्यसअघि २०२१ मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो ।
यो संस्करणको फाइनलसम्म आइपुग्दा स्पेनले अन्तिम चारमा सन् २०२१ को च्याम्पियन फ्रान्सविरुद्ध ५–४ को रोमाञ्चक जित निकालेको थियो ।
जर्मनीको एलियन्ज रंगशालामा यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । यो खेल बिश्व फुटबल इतिहासमै एक ऐतिहासिक र अबिस्मरणिय रहने दर्शक तथा फुटबल प्रेमी र फुटबल विश्लेषकहरुको अनुमान छ ।
यो खेल यसरी पनि रोचक हुनेछ किनभने पोर्चुगलका फुटबल जगतकै महाहस्ती क्रिस्टियानो रोनाल्डो र स्पेनका चर्चित युवा खेलाडि लामिन यमल एकअर्काका प्रतिद्वन्द्वीको रुपमा आजको खेलमा उत्रीने भएका छन । त्यसैले उनिहरुले एकार्का विरुद्धमा शक्तिशाली खेल प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ ।
प्रतियोगितामा आजै तेस्रो स्थानका निम्ति जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै छ । जर्मनीमा यो खेल नेपाली समयानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया