बाजुराका अग्निपीडितलाई प्रदेश सरकारको आर्थिक सहयोग

बाजुराका अग्निपीडितलाई प्रदेश सरकारको आर्थिक सहयोग



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई ४० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज भएकोे प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सहायता रकम बूढीगङ्गा नगरपालिकालाई उपलब्ध गराइने तथा जानकारी दिँदै आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भएपछि सरकारले थप सहयोगबारे निर्णय गर्ने बैठकपछि मुख्यमन्त्री शाहले राससलाई बताउनुभयो । बैठकले अग्निपीडितलाई १५थान टेन्ट,३४कम्बल र ३४थान त्रिपाल प्रदान गर्ने निर्णय गरेको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा ३१ घरपसल नष्ट हुनाका साथै १५करोड बराबरको धनमाल क्षति भएको सुरक्षा निकायले जनाएका छन् ।