नेयमारलाई कोरोना संक्रमण, केही समय मैदानबाहिर रहने

नेयमारलाई कोरोना संक्रमण, केही समय मैदानबाहिर रहने



काठमाडौं । विश्व फुटबलका सुपरस्टार नेयमार जुनियरको कोरोना भाइरस रिपोर्ट पोजिटिभ आएको छ । ब्राजिली स्टार नेयमार हाल आफ्नो बाल्यकालको क्लब सान्तोस एफसीबाट खेलिरहेका छन् ।

केही समयअघि मात्र उनी साउदी अरेबियन क्लब अल–हिलालबाट सान्तोसमा फर्किएका थिए । नेयमारको कोभिड रिपोर्ट पोजिटिभ आएको समाचार चर्चित फुटबल पत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

चोटबाट निको भएर पुनः उत्कृष्ट फर्ममा फर्किएका नेयमार सान्तोसका लागि शानदार प्रदर्शन गर्दै थिए । उनी अहिलेको अवस्थामा २०२६ को फिफा विश्वकपको तयारीमा जुटिरहेका छन् । तर कोरोनाले उनलाई केही समय मैदानबाहिर रहन बाध्य बनाएको छ ।