प्रधानमन्त्री ओलीले गरे त्रिवि क्रिकेट मैदानको निरीक्षण

प्रधानमन्त्री ओलीले गरे त्रिवि क्रिकेट मैदानको निरीक्षण



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् ।

गत फागुनदेखि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम भइरहेको छ । प्यारापिट निर्माणको ठेक्का बीकेओआई-केसीडीसी-बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ ।

गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन । समयमा काम नसकिएपछि प्रधानमन्त्री ओलीले काम छिटो गर्न निर्देशन दिएका थिए ।