दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज (मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।