वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा

वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा



काठमाडौं । वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत अप्रत्यासित रूपमा उनले सन्न्यासको घोषणा गरेका हुन् ।

२९ वर्षीय पुरनले वेस्ट इन्डिजबाट ६१ एकदिवसीय र एक सय छ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । वेस्ट इन्डिजबाट निकोलस सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने खलाडी हुन् । उनले टी–२० मा दुई हजार दुई सय ७५ रन बनाएका छन् ।

यस्तै ६१ एकदिवसीय खेलमा एक हजार नौ सय ८३ रन बनाएका छन् । निकोलसले टी–२० अन्तर्राष्ट्रियमा सन् २०१६ मा पाकिस्तानविरुद्ध तथा एकदिवसीयमा सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए ।

पुरन अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बढी ब्यस्त हुँदा राष्ट्रिय टोलीमा विश्वकप वा छनोटका खेलहरु बढी खेल्दै आएका थिए ।