काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ । स्कटल्यान्डकाे फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर बलिङ राेजेपछि नेपालले ब्याटिङकाे निम्ताे पाएकाे छ ।
आजकाे खेलमा नेपालबाट नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नन्दन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ४२औं खेलाडी हुन् । नन्दनले गएकाे महिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । यस्तै चाेटका कारण आजकाे खेलमा नेपालका अलराउन्डर गुल्सन झा र साेमपाल कामी प्लेइङ–११ मा छैनन् ।
लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टाेली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ को आफ्नो चौथो चरणको शृङ्खलामा नेपालले आज चाैथाे तथा अन्तिम खेल खेल्न लागेको हो । नेपालले पहिलाे खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएकाे थियाे । दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएकाे थियाे । तेस्राे खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएकाे थियाे ।
लिग–२ काे तालिकामा नेपाल १५ खेलमा १० अंकसहित साताैं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दाेस्राे र स्कटल्यान्ड तेस्राे स्थानमा छ । लिग–२ काे तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।
लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।
प्रतिक्रिया