काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वानाथ पौड्यलबीच मंगलबार भेटवार्ता भएको छ । समसामयिक अर्थतन्त्रको अवस्था बारेमा छलफल हुनुका साथै शुभकामना आदानप्रदानका लागि गभर्नरसँग भेटवार्ता भएको सभापति खतिवडाले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकमा भएको भेटवार्तामा सभापति खतिवडाले गभर्नर पौडेलसँग नेपालको अर्थ व्यवस्था चलायमान बनाउन सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए । अर्थतन्त्रमा नकारात्मक असर पर्ने गतिविधिबाट राष्ट्र बैंक संधैं सजग रहने विश्वाससहित गभर्नर पौडेलको कार्यकाल सफल रहोस् भनी सभापति खतिवडाले शुभकामना दिए । गभर्नर पौडेलले शिथिल अर्थतन्त्रलाई सुधार गर्न सरकारले आफूलाई जिम्मेवारी दिएकोले त्यसमा दत्तचित्त भएर लागेको बताए ।
प्रतिक्रिया