प्रतिपक्षले विरोध जारी राखेपछि संसद बैठक भोलिसम्म स्थगित

प्रतिपक्षले विरोध जारी राखेपछि संसद बैठक भोलिसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रबार १ बजेका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै प्रतिपक्षी दलहरुले संसद् अवरोध गर्दै आएका छन् । जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध हुँदै आएको छ ।