मात्र ७ मतले एमाले निकट अखिलको नेतृत्वमा सुजन कडरिया बिजयी

मात्र ७ मतले एमाले निकट अखिलको नेतृत्वमा सुजन कडरिया बिजयी


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उनी जम्मा ७ मत बढी ल्याएर बिजयी भएका हुन् ।

जसअनुसार सुजनले ७३२ मत सहित उनी विजयी हुँदा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२५ मतमा सिमित भए ।

सो सम्मेलनका लागि १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

अनेरास्ववियु २४ औ राष्ट्रिय महाधिवेशनमा

अध्यक्ष: डा.सुजन कडरिया

उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ

महासचिव : दिपक धामी

उपमहासचिव: कमल जोशी

सचिव : आकाश घर्ती

सचिव: रचना सापकोटा

सचिव : समिम बाबु

सचिव : गोपाल नेपाल

आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जीतप्रसाद सिटौला