९ महिनापछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

९ महिनापछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो ।

असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन् ।

कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन । विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ ।

केन्द्रीय समिति बैठक सभापतिले बोलाउने व्यवस्था छ । कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ ।