दुर्गा प्रसाईंसहित ७ जनालाई पठाइयो डिल्लीबजार कारागार

दुर्गा प्रसाईंसहित ७ जनालाई पठाइयो डिल्लीबजार कारागार



काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षको लागि थुनामा पठाइएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार दुर्गा प्रसाईंसहित सात जनालाई थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

सातै जना हिजाे मध्यराति नै कारागार चलान भएका हुन् ।

तीनकुने घटनाका मुख्य योजनाकार भनिएका दुर्गा प्रसाई, घरमा आगो लगाएको आरोप लागेका गोकर्ण शाही, सरोज गौतम, डण्डपाणी रेग्मी, सिसिटिभी फुटेजमा तोडफोड गर्ने केशव बस्नेत, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने र करिडोरमा भएको गाडीमा तोडफोड र आगजनी गर्नेलाई अदालतले नै थुनामा पठाउन आदेश दिएको हो ।

३२ जनालाई भने धरौटी माग गरेर पुर्पक्षमा राख्न आदेश दिएको थियो ।

राजसंस्था पुनर्स्थापनासहित एजेन्डामा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो ।