काठमाडौं । सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।
तर, उक्त सहमतिमा आफूहरूको सहमति नभएको दुवै दलले बताएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले गर्ने छानबिन उचित नरहेकाले विरोध गर्ने बताए ।
रास्वपाले छानबिन समिति किटान नगरेकाले आन्दोलन जारी रहने बताएको छ ।


प्रतिक्रिया