काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन उद्घाटन गर्दै कोइरालाले विद्युत् प्राधिकरणको बक्यौता छिटो भन्दा छिटो उठाउनुपर्ने बताएका हुन् । उनले बक्यौता उठाएन भने प्राधिकरण र देशको अवस्था नाजुक हुने बताए ।
उठाउनुपर्ने पैसा चाहिँ नउठाउने अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने कुरा गलत भएको उनको भनाइ छ । प्राधिकरणले व्यवसायीक घरानाबाट कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने देखिएको उनले बताए ।


प्रतिक्रिया