प्रतिनिधि सभामा गृहमन्त्री बोलिरहँदा रास्वपाले गर्‍यो वेल घेराउ

प्रतिनिधि सभामा गृहमन्त्री बोलिरहँदा रास्वपाले गर्‍यो वेल घेराउ



काठमाडौं । प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखक बोलिरहँदा रास्वपाले वेल घेराउ गरेकाे छ ।

बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । तर रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए ।

पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा सांसद मनिष झाले धारणा राखेपछि सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन् ।

रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेराउ गरेर गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।