विश्व टेस्ट च्याम्पियनशिप फाइनल : अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई दियाे २८२ रनकाे लक्ष्य

विश्व टेस्ट च्याम्पियनशिप फाइनल : अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई दियाे २८२ रनकाे लक्ष्य



काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २ सय ८२ रनको लक्ष्य दिएको छ ।

लन्डनको लर्ड्स क्रिकेट मैदानमा भइरहेको फाइनलको दोस्रो पारीमा अस्ट्रेलिया तेस्रो दिनको खाना समयअघि २ सय ७ रनमा अलआउट भयो । अस्ट्रेलियाका मिचेल स्टार्कले नटआउट ५८ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रवाडाले ४, लुङ्गी एनगिडीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा बेउ वेबस्टेरको ७२, स्टिभ स्मिथको ६६ रनको मद्दतमा २ सय १२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रबाडाले ५, मार्काे यान्सेनले ३ विकेट लिए ।

यस्तै दक्षिण अफ्रिकाले पहिलो पारीमा डेभिड बेदिङ्घमको ४५ रनको मद्दतमा १ सय ३८ रन बनाएको थियो । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिए ।