काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाका सांसदले बेल घेराउ गरेका छन् । रास्वपा र राप्रपा दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराईले सदनमा भनाइ राखेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको रास्वपाले विरोध जारी राखेकाे हाे ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका थिए ।


प्रतिक्रिया