आन्दोलनबीच संसद चलाउनु दादागिरी हाे : ज्ञानेन्द्र शाही

आन्दोलनबीच संसद चलाउनु दादागिरी हाे : ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनबीच प्रतिनिधि सभाको बैठक चलाउनु दादागिरी भएको बताएका छन् ।

आइतबार संसदमा राप्रपा र रास्वपाले विरोध जनाएको छ । रास्वपाका दलहरूले वेल समेत घेराउ गरी विरोध जनाएका छन् ।

त्यसैबीच बाेल्न समय पाएका राप्रपाका प्रमुख सचेतक शाहीले यसरी संसद चलाउनु दादागिरी भएको बताएका हुन् ।

‘सभामुखज्यू मैले राख्ने कुरा केही पनि छैन । संसदमा यसरी आन्दोलन भइरहेको बेलामा यसरी संसद चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने लाग्छ मलाई सम्माननीय समामुखज्यू,’ उनले भने, ‘त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्न मागमा सबैले साथ दिनुस् । अरू कुरा केही नगरी यसरी संसद चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुस् ।’