काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढिरहेको छ । सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको सामान्य छलफल संसदमा सुरू भएको हाे ।
प्रतिपक्षीको विरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने बाहिरिएका छन् ।
रास्वपाले भने बैठक सुरू हुने बित्तिकै वेल घेरेर नाराबाजी गरेका थिए ।
सुरूमा उठेर नाराबाजी गरेका उनीहरू अहिले वेल अगाडि पलेंटी कसेर बसेरै नाराबाजी गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् ।


प्रतिक्रिया