त्रिदेशीय टी-२० क्रिकेट शृंखला: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

त्रिदेशीय टी-२० क्रिकेट शृंखला: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० शृंखलाको खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको हो। नेपालको भने यो पहिलो खेल हो। यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।