काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।
फरार सूचीमा रहेका उनी सोमबार जिल्ला अदालतमा हाजिर भएका जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । आजै थुनछेक बहस सकियो भने पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै बयानका लागि अदालतमा हाजिर भएका छैनन् ।
उनीहरूमाथि तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनमा हिंसात्मक बनाउन उकासेको आरोप छ ।
प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।


प्रतिक्रिया