संसदमा रास्वपाले गर्‍यो वेल घेराउ, राप्रपाद्वारा बहिष्कार

संसदमा रास्वपाले गर्‍यो वेल घेराउ, राप्रपाद्वारा बहिष्कार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पा‍र्टी (रास्वपा)ले प्रतिनिधिसभामा आज पनि वेल घेराउ गरेको छ । अवरोधका बीच बैठक चलाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने बैठक बहिष्कार गरेको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न दिएका थिए । उनले अवरोधका बीच बैठक चलाए आफूहरूले बहिष्कार गर्ने बताएका थिए ।

त्यसपछि बोलेका रास्वपाका सन्तोष परियारले छानबिन समिति बनाउनुपर्ने अडान राखे । उनको सम्बोधनपछि सभामुखले बैठक अघि बढाएपछि रास्वपाका सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् ।

उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर संसदमा अवरोध गरेका हुन् ।