काठमाडौं । संसद बैठकमा अर्थमन्त्री विष्णु पाैडेलले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका बेला रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका थिए ।
विरोधमा उनीहरूले मानव तस्करलाई कारबाही गर भन्दै नारा लगाएपछि कांग्रेस सांसद सुशीला थिङले नियमापत्ति जनाएकी थिइन् ।
उनले पाँच जना मानिसलाई विदेश पठाउन दूतावासलाई पत्र लेख्नेलाई मानव तस्कर भनिएको हो कि कसलाई भनिएको हो भनेर नाराबाजी गर्नेहरूले जवाफ दिनुपर्ने बताइन् । उनको संकेत उपसभामुख इन्दिरा रानातर्फ थियो ।
सभामुखले सदनको मर्यादा राखेर विरोध गर्न ध्यानाकर्षण गराउँदै अर्थमन्त्रीलाई जवाफ दिन निरन्तर समय दिए । संसद बैठकमा रास्वपाकाे नाराबाजी जारी छ ।
प्रतिक्रिया