त्रिदेशीय टी–२० क्रिकेट : नेपाल आज स्कटल्यान्डसँग भिड्दै

त्रिदेशीय टी–२० क्रिकेट : नेपाल आज स्कटल्यान्डसँग भिड्दै


ग्लोब नेपाल
27
Shares

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे ग्लास्गोमा शुरू हुनेछ । नेपाल र स्कटल्यान्डले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच आइतबारदेखि टी–२० श्रृखला शुरू भएको हो ।

पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । त्यस्तै, सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । तालिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान दुई अंक छ ।

नेपालले आफ्नो तेस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रबार घरेलु टोलीसँग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अंक हुने टोली शृङ्खलाको विजेता हुनेछ ।