सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता



काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।

गृहमन्त्री लेखकसँगको भेटलगत्तै सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरेका छन् ।