निलो खादा लगाएर संसद भवन परिसरमा उभिए रास्वपा सांसदहरु

निलो खादा लगाएर संसद भवन परिसरमा उभिए रास्वपा सांसदहरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले निलो रङको खादा लगाएर विरोध जनाएका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको रास्वपाका सांसदहरूले मंगलबार संसद भवन प्रवेश गर्नुअघि विरोधको फरक शैली अपनाएका हुन् ।

‘हामीले रचनात्मक ढंगले कसरी विरोध गर्न सकिन्छ भनेर सोच्यौं । त्यही अनुरूप हामीले निलो रङको खादा लगाएर विरोध जनाएका छौं,’ रास्वपाका एक सांसदले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले संसद बैठक अवरोध गर्दै आइरहेको छ । रास्वपाले संसदमा नाराबाजी र वेल घेराउ गर्दै आइरहेको छ ।

प्रतिनिधि सभाको केहीबेरमा बस्दैछ । बैठकमा जेठ १५ गते पेस भएको बजेटमाथिको छलफल हुनेछ ।