काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलाे खादा लगाएर वेल घेराउ गरेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए ।
बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् ।
०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए ।
उनले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया