काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक भोलि (बुधबार) बिहान ८ः३० बजेका लागि बोलाइएको हाे ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।



प्रतिक्रिया