शोक प्रस्ताव पारित गर्न कांग्रेसको आकस्मिक बैठक भोलि

शोक प्रस्ताव पारित गर्न कांग्रेसको आकस्मिक बैठक भोलि


ग्लोब नेपाल
2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले शोक प्रस्ताव पारित गर्न भोलि बुधबार आकस्मिक बैठक बोलाएको छ । पूर्वमन्त्री एवम् वरिष्ठ नेता ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

बैठक बिहान साढे ८ बजे बोलाइएको छ । बैठकले शोक प्रस्ताव पारित गरेपछि शास्त्रीको शब बिहान ९ बजे पार्टी कार्यालयमा राखिने छ । त्यसपछि बैठकमा सहभागी सबै नेता शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ ।

पार्टीको परम्पराअनुसार नै आकस्मिक बैठक बोलाइएको कांग्रेसका एक नेताहरु ग्लोब नेपाललाई जानकारी दिए । कांग्रेसले नियमित केन्द्रीय कमिटीको बैठक असार १५ गते आइतबारका लागि बोलाएको छ ।