रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश


ग्लोब नेपाल
513
Shares

काठमाडौं । गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदातले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।