ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै



काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बैठक हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।

प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।