काठमाडौं । क्लब विश्वकपअन्तर्गत इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले मोरक्कोको क्लब विदादलाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले क्लब विदादलाई २–० ले हराएको हो ।
समूह ‘जी’ मा शीर्ष स्थानमा रहेको सिटीले अब आउँने आइतवार अटलान्टामा अल–आइनसँग खेल्नेछ । विदाद भने फिलाडेल्फियामै रहेर युभेन्ट्ससँग खेल्नेछ ।
गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिड र साउदी अरबको क्लब अल हिलाले १–१ गोलको बराबरी खेलेका छन् । समूह एचमा रहेका दुवै टोलीले अंक बाँडेका छन् ।
प्रतिक्रिया