काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्बरबहादुर थापाले संसदमै बजेट पुस्तिका च्यातेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।
उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए ।
“यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद,” उनले भने । थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिका सभापति समेत हुन् ।


प्रतिक्रिया