काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस भएको छ ।
बिहिबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले दफावार छलफल गरी भएको सहमति अनुरूप सर्वसम्मत निर्णय गरी प्रतिवेदन सदनमा पेस गरेका हुन् ।
आमाकाे नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने गरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको उक्त विधेयक जेठ २८ गते समितिबाट सर्वसम्मतिले पारित भएको थियो । विधेयकमा आमा वा बाबुका नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभाबाट पारित भएपछि सो विधेयकको प्रतिवेदनलाई राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाबाट पारित भएपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । राष्ट्रपतिले प्रमाणकीकरण गरेसँगै विधेयक ऐनका रुपमा कार्यान्वयनमा जानेछ ।


प्रतिक्रिया