काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती सेवा सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई वर्षे ‘कुलिङ पिरियड’ हटाउने विषयमा केही उच्च पदस्थ कर्मचारीको दबाबका कारण विधेयक अड्किएको चर्चा गर्दै सरकारलाई स्पष्ट अडान लिन आग्रह गरे।
उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’
प्रतिक्रिया