विष्णु रिमालको चीन भ्रमण किन गोप्य राखियो ?

विष्णु रिमालको चीन भ्रमण किन गोप्य राखियो ?


ग्लोब नेपाल
5.6k
Shares

काठमाडौं । एमाले उपमहासचिव समेत रहेका प्रधानमन्त्री केपी शार्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल विशेष सन्देश बोकेर गत असार १ गते चीन भ्रमणमा गएका थिए । उनी आज स्वदेश फर्कदै छन् ।

रिमालको भ्रमणलाई सरकार र एमाले दुवैले गोप्य राखेका छन् । चीन सरकारको निमन्त्रणामा मन्त्रीस्तरको सुविधा लिएर रिमाल ५ दिनको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रमुख सल्लाहकार रिमालको भ्रमण औपचारिक भए पनि गोप्य राखिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण लगत्तै प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार रिमाल चीन भ्रमणमा निस्कनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भण्डारीको चीन भ्रमणपछि वामपन्थी सहकार्य र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सन्दर्भलाई लिएर रिमालको भ्रमण भएको बताइएको छ ।

एमालेभित्रको आन्तरिक गुटबन्दीमा हुन सक्ने चाइना कार्डलाई समेत प्रधानमन्त्री अनुकूल बनाउन यो भ्रमण भएको बताइएको छ ।