एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध जाहेरी

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध जाहेरी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ ।

बुधबार कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ । यसबारे हामी छलफलमा छौं,’ उनले भने ।

चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो । उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका प्रहरीले जनाएको छ ।