नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो । नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।

त्यस्तै आरिफ शेखले ३९ रन बनाए । खुट्टामा समस्या देखिएपछि आरिफले मैदान छाड्नु परेको थियो । भीम सार्कीले १६ बलमा २ चौका र एक छक्का सहित २७ रन बनाएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो । नेदरल्याण्ड्सका लागि माइकल लेविटले शानदार अर्धशतक प्रहार गरे। ५३ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ८६ रन बनाए ।

जितसँगै नेपाल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्ड्सको सामना गर्नेछ ।