सुनचाँदी व्यवसायीले स्थगित गरे आन्दोलन

सुनचाँदी व्यवसायीले स्थगित गरे आन्दोलन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघहरुले जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो । असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले ४ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर, हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नका लागि ज्ञापन पत्र दिने निर्णय गरेको छ ।

महासंघले २०८२ असार मसान्त भित्र आफूहरुका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत साझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी समेत दिएको छ । महासंघले सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गराउन निर्णयक पहल गर्ने निर्णय पनि गरेको छ ।