संसदको कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर

संसदको कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर



काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ ।

संसद बैठक सुरू हुनेबित्तिकै शुक्रबार पनि राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

विपक्षी दलका सांसदहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

बजेटमाथिको छलफल भने निरन्तर जारी रहेन सभामुखले बताएका छन् ।