काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि बाहिरिएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सभाको कार्यसूचीबाट हटाएर मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।
त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । यसअघिका दिनमा रास्वपा सांसदहरुले वेल घेराउ गर्दै आइरहेका थिए ।
उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरेका हुन् ।
आज रास्वपाका सांसदहरू कालो पोशाक र नीलो रिबन लगाएर सदन पुगेका थिए ।


प्रतिक्रिया