एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डे विल्डेले एएफसी वुमन्स एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेका छन् ।

विल्डेले २३ सदस्यीय टोली शुक्रबार घोषणा गरेका हुन् ।

छनोटमा नेपाल समूह ‘एफ’ मा छ । समूहमा नेपालसहित लाओस, उज्वेकिस्तान र श्रीलंका छन् । समूहको खेल उज्बेकिस्तानमा हुने तालिका छ ।

नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपालले जुलाई २ मा श्रीलंका र जुलाई ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले मात्र अस्ट्रेलियामा हुने एसियन कप खेल्न पाउनेछ ।

फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साम्बासहित युएई खेल्दै आएकी रेखा पौडेल र ग्रिसमा खेलेकी अन्जिला तुम्बापो सुब्बा टोलीमा हुँदा आत्मविश्वास बढेको छ ।

नेपाली टोली

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल