काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताएका छन् । शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली समाजमा अनुशासनको कमी रहेको बताए ।
प्रधानमन्त्री ओलीले आज विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गरेका छन् । हतियारधारी र अहंकारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताए । मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको बताए ।
प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरुको लोभ गर्न नहुने बताएका छन् । उनले आफूलाई स्वस्थ राख्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया