नेटफ्लिक्स सुपरहिट शो ‘स्क्विड गेम’ले दर्शकलाई अन्तिम पटक झस्काउँदै !!

नेटफ्लिक्स सुपरहिट शो ‘स्क्विड गेम’ले दर्शकलाई अन्तिम पटक झस्काउँदै !!



काठमाडौँ । विश्वभर तहल्का मच्चाएको नेटफ्लिक्सको चर्चित श्रृंखला ‘स्क्विड गेम’ अन्ततः शुक्रबार आफ्नो अन्तिम सिजन सार्वजनिक गर्दैछ।

सन् २०२१ मा सुरु भएको पहिलो सिजनले नेटफ्लिक्समा २६५ मिलियनभन्दा बढी भ्युज बटुल्दै सबैभन्दा धेरै हेरिएको शोको कीर्तिमान बनाएको थियो। दोस्रो सिजन पनि निकै नजिक छ यसले हालसम्म १९२.६ मिलियन भ्युज पाएको छ, जसले यसलाई प्लेटफर्मको तेस्रो सबैभन्दा धेरै हेरिएको शो बनाएको छ।

शृंखलाको कथावस्तु सियोङ गीहुन (प्लयेर ४५६ ) नामक पात्र वरिपरि घुम्छ, जसले आफ्नो ठूलो ऋण तिर्ने आशामा खतरनाक बालबालिकाको खेलहरूमा भाग लिन्छन। ती खेलहरू जीवन र मृत्युको सीमामा आधारित रहेका छन।

निर्माता तथा निर्देशक ‘ह्वाङ डोङ ह्युक’ का अनुसार यो अन्त्य नमीठो तर सन्तोषजनकरहेको बताए । सुरूमा उनले स्क्विड गेमलाई पाँच सिजनसम्म लम्ब्याउने योजना बनाएका थिए, तर लेखन प्रक्रियाको क्रममा नै उनले स्वाभाविक अन्त्यको बिन्दु भेट्टाए।

उनले भने, “मलाई केही राहत महसुस भएको छ, किनकि स्क्विड गेमको संसारबाट म बाहिर निस्कँदैछु। तर यससँगै मलाई त्यहाँ रहेका राम्रा सम्झनाहरूलाई बिदा गर्नुपर्दा दुःख पनि लागेको छ”।

मुख्य पात्र ली जुंगजेले (प्लयेर ४५६ ) भने, “अहिलेसम्म मलाई यो अन्त्य भएकोजस्तो लागेको छैन। सायद जब म दर्शकहरूको प्रतिक्रिया देख्छु, तब म स्क्विड गेम र सियोङ गी हुनलाई बिदा गर्न तयार हुनेछु।