एएफसी महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाई

एएफसी महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाई



काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई बिदाई गरेको हो ।

असार १५ गतेदेखि हुने उक्त छनोटमा नेपाल समूह ‘एफ’मा छ । उक्त समूहमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले पहिलो खेल असार १५ मा लाओससँग खेल्नेछ । दोस्रो खेल असार १८ गते श्रीलंका र तेस्रो खेल असार २१ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

उक्त प्रतियोगिताका लागि एन्फाले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोली

गोलकिपर : कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषा नाथ
डिफेन्डर : अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसी