एमाले सचिवालय बैठक बुधबार बस्ने

एमाले सचिवालय बैठक बुधबार बस्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबार बस्ने भएकाे छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक बस्ने निर्णय भएकाे एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।