विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख



विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

पूर्वाधार विकासतर्फ महानगरले १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरेको छ । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको बाँकी भुक्तानीका लागि ८ करोड, भौतिक पुर्वाधारको समपुरक योजनाका लागि ६ करोड २० लाख र वहुवर्षीय तथा दायित्व सरेर आएका आयोजनाको भुक्तानीका लागि ७० सत्तरी करोड खर्च हुने अनुमान छ । वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख बजेट विनियोजन भएको छ ।

सामाजिक विकास तर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख र महिला लक्षित कार्यक्रमका लागि ९१ लाख बजेट विनियोजन भएको छ ।