काठमाडौं । विनियोजन विधेयक (बजेट) २०८२ बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बहुमतले विधेयक पारित गरेको हो ।
सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विधेक पारितको प्रस्ताव राखेका थिए ।
जसलाइ सभाले बहुमतले पारित गर्यो ।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल बहिष्कार गर्दै आएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका उनीहरूले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् ।
प्रतिक्रिया