पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य नहुने बताएका छन् ।
मंगलबार पोखरामा पत्रकारहरुसँग डा. भट्टराईले आफूहरुको मुद्दाहरुमा सहमत हुने जो कसैसँग सहकार्य हुन सक्ने बताए ।
‘हामी जनताको मुद्दा लिएर सहकार्य गर्छाैं । त्यसका निम्ति यी मुद्दाहरुमा सहमत हुने जो कसैसँग सहकार्य गर्न सक्छौं । मुख्य रुपमा जो बेइमान छन्, गन्हएका छन् । तीसँग त हामी सहकार्य गर्दैनौं’, उनले भने, ‘जो नयाँ, वैकल्पिक, स्वच्छ छविका छन् । त्यस्ता जुनैसँग पनि सहकार्य गर्न सक्छौं ।’
सहकार्यका लागि वार्ता समिति बनाएर अघि बढेको पूर्वप्रधानमन्त्री भट्टराईले उल्लेख गरे । उनले भने, ‘यो मुद्दामा मिल्ने जो पनि हुन सक्छ । हामीले वार्ता समिति बनाएका छौं । र वार्ता समितिले विभिन्न विभिन्न पक्षहरुसँग कुराकानी गरिरहेको छ । छिट्टै तपाईंले देख्न सक्नुहुनेछ ।’
भ्रष्टाचारीको लर्काेमा आफुलाई नजोड्न उनले आग्रह गरे । ‘भ्रष्टाचारीहरुको यहाँ जुन लर्काे लागेको छ । त्यसमा बाबुराम भट्टराईलाई जोड्न प्रयत्न नगरिदिनुहोला । कसैले पत्याउँदैनन् । त्यो सत्य पनि होइन’, भट्टराईले भने ।
प्रतिक्रिया