त्रिशूली नदीमा हामफालेकी महिलाको उद्दार प्रयास जारी

त्रिशूली नदीमा हामफालेकी महिलाको उद्दार प्रयास जारी



काठमाडौं । धादिङको गल्छी गाउँपालिका–१ की एक महिला त्रिशूली नदीमा हाम फालेपछि खोजी कार्य तीव्र पारिएको छ।

५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे छाङगेश्वर मन्दिर नजिकै त्रिशूली नदीमा हाम फालेको प्रहरीले जनाएको छ।

घटनापछि सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार महिलाको खोजीका लागि विपद् व्यवस्थापन बेश आदमघाटबाट तालिम प्राप्त सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। खोजी कार्यको कमाण्ड नायब निरीक्षक बीरेन्द्रकुमार मण्डलले सम्हालिरहेका छन्।

हाल घटनास्थलमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् भने नदीको बहावअनुसार खोजी कार्य अगाडि बढाइएको छ।